प्रभु बैंकको यी २४ वटा शाखा कार्यालय गाभिने, कुन–कुन शाखा हुँदैछन् मर्ज ?
२९ चैत्र २०७९, बुधबार १६:०५

काठमाडौं । प्रभु बैंक लिमिटेडको कुल २४ वटा शाखा कार्यालयहरु गाभिने भएका छन् । बैंकले साविक सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्राप्ति पश्चात एकीकृत कारोबार गरिसकेको अवस्थामा एकै स्थानमा अवस्थित शाखा कार्यालयहरु गाभेर १२ वटा शाखाबाट सेवा प्रदान गर्न लागेको हो ।
बैंकले यहि वैशाख १७ गतेदेखि गाभिने शाखा कार्यालयहरुबाट यसअघि प्रदान भइ आएको बैकिङ्ग कारोबार प्रदान गर्नेछ ।
बैंकले विर्तामोड शाखा, बेलवारी शाखा, इटहरी शाखा, धरान शाखा, विरगंज शाखा, न्यूरोड शाखा, हात्तिगोडा शाखा, पेप्सीकोला शाखा, पुतलीसडक शाखा, बनेपा शाखा, बुटवल शाखा र भैरहवा शाखा कार्यालय गाभेर एकीकृत संचालन गर्ने भएको हो ।












