एभरेष्ट बैंकमा रकम जम्मा गरेका १९ ग्राहकको खाताबाटै करोडौं चोरी, कर्मचारीले नै सिष्टमबाट चोरी गरेकोबारे छानविन सुरु

३० चैत्र २०७९, बिहीबार ०७:४७

काठमाडौं । एभरेष्ट बैंकमा खाता खोली रकम जम्मा गरेका सर्वसाधारणको बैंक खाता नै असुरक्षित हुन थालेको छ । सो बैंकको खातामा रकम जम्मा गरेका १९ भन्दा बढि सर्वसाधारणको खाताबाट करोडौं रुपैयाँ चोरिएको तथ्य खुलेको हो ।

एभरेष्ट बैंकको सुनसरी जिल्लाको इटहरीस्थित शाखा कार्यालयमा खाता खोलेका १९ जना (हालसम्म पत्ता लागेको) को खाताबाट करोडौं रुपैयाँ चोरी भएको छ । विभिन्न मितिमा खातावाललाई थाहै नदिई करोडौं रुपैयाँ हराएको भन्ने पीडितहरुको लिखित जाहेरी परेको छ । पीडितले बैंक खाताबाटै रकम चोरिएको भन्ने लिखित जाहेरी परेपछि प्रहरीले प्रारम्भिक रुपमा अनुसन्धान गर्दै एभरेष्ट बैंकको इटहरी शाखाका अपरेशन इन्चार्ज निरज प्रधानलाई पक्राउ गरी छानविन सुरु गरेको छ ।

प्रहरीले छानविन सुरु गरेपनि पीडितहरुले भने आफ्नो बैंक खातामा रकम फिर्ता गर्न बैंकले आनाकानी गरिरहेको गुनासो गरेका छन् । तेस्रो त्रैमासिक अन्त्यमा बैंकको ब्याज तिर्न खोज्दा खातामा रकम नभएको चाल पाएपछि घटनाबारे विस्तृत बुझ्न बैंकमा भिड लागेको थियो । सो क्रममा १९ जनाको खाताबाट रकम बेपत्ता भएको उजुरी परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्र्मुख प्रभु ढकालले जानकारी दिए ।

बैंकका कर्मचारीहरुले फर्जी खाता खोली ग्राहकको एक करोडभन्दा बढि रकम सिष्टममा छिरेर रकमान्तर गरेको भेटिएको प्रहरीको भनाई छ । बैंकको सिष्टममा व्यक्तिको खातामा अनाधिकृत रुपमा छिरेर रकमान्तर हुन थालेपछि एभरेष्ट बैंकभित्रको आन्तरिक सुशासनमाथि प्रश्न चिन्ह उठेको छ भने आईटी अडिट असफल भएको पुष्टि हुन आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*