नेप्सेमा थप तीन कम्पनीको बोनस शेयर सूचीकृत

३० चैत्र २०७९, बिहीबार १३:४९

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप तीन कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । महालक्ष्मी विकास बैंक, युनियन लाइफ इन्सयोरेन्स र पोखरा फाइनान्सको आ–आफ्नै साधारण सभाबाट पारित भएको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।

महालक्ष्मी विकास बैंकको ४% दरका कुल १६ लाख ४ हजार ३५३ कित्ता बोनस शेयर सूचीकृत भएको हो । त्यस्तै, युनियन लाइफ इन्स्योरन्सको ८.९७ प्रतिशत दरका कुल १९ लाख २८ हजार ५५० कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

त्यस्तै, पोखरा फाइनान्सको ४ प्रतिशत दरका कुल ४ लाख १६ हजार ३६७ कित्ता बोनस शेयर सूचीकृत भएको हो । सूचीकृतपश्चात् उक्त शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि शेयरबजारमा कारोबार गर्न मिल्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*