उत्कृष्ट लाभांश घोषणा गरेको नेष्डो समृद्ध लघुवित्तले किन गर्न सकेन चैतमा साधारणसभा, यस्तो छ कारण

३ बैशाख २०८०, आईतवार ११:५१

काठमाडौं। नेपाल राष्ट्र बैंकले समयमा वित्तिय विवरण स्वीकृत नगरिदिँदा नेष्डो समृद्ध लघुवित्तले चैत मसान्तमा बार्षिक साधारणसभा गर्न नसकिएको जनाएको छ।
लघुवित्तले एक सूचनान जारी गर्दै आर्थिक वर्ष २०७८–७९को लाभांश प्रस्तावसहित लेखापरीक्षणको वित्तीय विवरणहरु राष्ट्र बैंकमा पेस भएकोमा हालसम्म स्वीकृति प्राप्ति नभएको जनाएको छ। सोही कारणले चैत मसान्तभित्र वार्षिक साधारणसभा गर्न नसकिएको संस्थाले स्पष्ट पारेको छ।

संस्थाको गत चैत ९ गते(बिहीबार) बसेको सञ्चालक समितिको बैठकले हाल कायम रहेको चुक्तापुँजी २५ करोड २५ लाख रुपैयाँमा उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट ७३.६८ प्रतिशतले हुन आउने १८ करोड ७८ लाख ९४ हजार ७३६.८४ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो।

प्रस्तावित लाभांशमा ५० प्रतिशतले हुन आउने १२ करोड ७५ लाख रुपैयाँबराबरको बोनस सेयर, २० प्रतिशतले हुन आउने ५ करोड १० लाख रुपैयाँबराबरको नगद लाभांश छन्। कर प्रयोजनार्थ ३.६८ प्रतिशतले हुन आउने ९३ लाख ९४ हजार ७३६.८४ रुपैयाँबराबरको रकम संस्थाले छुट्याएको छ।
उक्त लाभांश प्रस्तावसहितको वित्तीय विवरण संस्थाले राष्ट्र बैंकमा स्वीकृतिका लागि पठाएको छ। यद्यपि, हालसम्म संस्थाले राष्ट्र बैंकबाट स्वीकृति भने प्राप्त गरिसकेको छैन। अब राष्ट्र बैंकको स्वीकृतिपछि मात्रै नेष्डो समृद्ध लघुवित्तले वार्षिक साधारणसभा डाक्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*