तीन कम्पनीको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?
४ बैशाख २०८०, सोमबार १५:०७

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमवार शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार २३.६४ अंकले घटेर १९०८ को विन्दुमा कायम भएको छ ।
आज शेयर बजार घटेतापनि केहि कम्पनीहरुको शेयर मूल्य बढेको छ । आज नेप्सेमा कारोबार भएका ३ कम्पनीको शेयरमा सर्किट लागेको छ । सोमवार आदर्श लघुवित्त, कालिन्चोक दर्शन र मोलुङ हाइड्रोपावरको शेयरमा सर्किट लागेको छ ।
त्यस्तै, सिभिल बैंक डिभेन्चर २०८८ , सामलिङ पावर लगायत अन्य कम्पनीको शेयर मूल्य बढेको छ ।













