आरएसडीसी लघुवित्तको खुद नाफा ८.८१% ले घटेर ८ करोड ६० लाख २४ हजार रुपैयाँमा सीमित

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा आरएसडीसी लघुवित्तको खुद नाफा ८.८१% ले घटेर ८ करोड ६० लाख २४ हजार रुपैयाँमा सीमित भएको छ ।
अघिल्लो वर्षको यसैअवधिमा यसले ९ करोड ४३ लाख ३६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा खुद ब्याज आम्दानी भने २९.२२% ले बढेर २१ करोड ४० लाख ४४ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
चैत मसान्तसम्म खुद ब्याज आम्दानी बढेपनि खराब कर्जा बढ्दा इम्पेयरमेन्ट चार्ज बढ्न गइ खुद नाफामा दबाब पुगेको हो । खराब कर्जा ०.९७% ले बढेर १.३७% पुगेको छ । अघिल्लो वर्ष १ करोड ९३ लाख ६७ हजार रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष ७ करोड ३७ लाख ६२ हजार रुपैयाँ पुगेको छ ।
यसअवधिमा यस कम्पनीको खुद नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । प्रतिसेयर आम्दानी २ रुपैयाँ ४३ पैसाले घटेर १३ रुपैयाँ १९ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ ६ पैसा छ । वितरणयोग्य नाफा २२.३५% ले घटेर ५ करोड ६३ लाख ५९ हजार रुपैयाँमा सीमित भएको छ ।












