मर्जर प्रस्तावसहित बेष्ट फाइनान्सले डाक्यो साधारण सभा, कहिले हुदैछ बुकक्लोज ?

५ बैशाख २०८०, मंगलवार ०९:२१

काठमाडौैं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले २६औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको बैशाख ४ गते बसेको संचालक समितिको निर्णयले सभा बैशाख २९ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा बस्नेछ । सभा विहान ११ बजे सुरु हुने कम्पनीले जनाएको छ ।
सभाले कम्पनीले भविष्यमा अन्य उपयुक्त बैंक तथा बित्तीय संस्थासंग एक आपसमा गाभ्ने।गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्न, चल अचल सम्पति र दायित्व मुल्याँकन गर्नको लागि मान्यता प्राप्त मुल्याँकन कर्ता नियुक्त गर्न, निजको पारिश्रमीक तोक्न लगायत मर्जर सम्बन्धि अन्य आबश्यक प्रक्रिया पुरा गर्न, सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका महत्वपुर्ण प्रस्ताव पारित गर्ने छ ।

साथै, सभाले संस्थाको आ.व. २०७८।०७९ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन सहितको आ.ब.२०७८।०७९ को बार्षिक वित्तीय विवरण, आषाढ मसान्तको वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब लगायत बार्षिक वित्तीय विवरणसंग सम्बन्धित अनुसूचीहरु समेत) छलफल गरी पारित गर्ने छ । यसका साथै, लेखापरिक्षण समितिको सिफारिस बमोजिम आ.ब.२०७९।०८० को लागि बाह्य लेखापरिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित गर्ने छ ।

संस्थाको सभा प्रयोजनको लागि मिति बैशाख १२ गते एक दिन शेयरधनी दर्ता किताब बन्द रहने छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*