शाखा कार्यालय स्थानान्तरणका लागि घर बहालमा खोज्दै राष्ट्रिय वाणिज्य बैंक
५ बैशाख २०८०, मंगलवार ११:०८
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले जदुकोहा शाखा कार्यालय स्थानान्तरण गर्ने भएको छ । बैंकले जिल्ला धनुषास्थित जदुकोहा शाखा कार्यालय संचालन गर्न पानी, बत्ति, बिजुली (३ फेज) र टेलिफोन सुविधा सहित कम्तीमा २।२ वटा ट्वाइलेट तथा बाथरुम रहेको सुविधा सम्पन्न अुनसारको घर बहालमा लिन भएको हो ।
बैंकको शाखा कार्यालय संचालनका लागि घर भाडामा दिन इच्छुक घर धनीहरुले बैंकले उपलब्ध गराएको बोलपत्र फाराममा माग भएअनुसारको आवश्यक विवरण भरी १५ दिनभित्र बैंकको जदुकोहामा सिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।












