फर्स्ट माइक्रोफाइनान्सको खुद नाफा साढे १९ करोड रुपैयाँ, इपिएस कति ?

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड खुद नाफा बढेको छ । संस्थाको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको प्रकाशित अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको हो ।
लघुवित्तले चालु आर्थिक वर्षको समिक्षा अवधिसम्ममा १९ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७.१२ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १६ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा लघुवित्तले ३१ करोड ७६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ३.४२ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोहि अवधिसम्म लघुवित्तले ३० करोड ७१ लाख रुपैयाँ आर्जन गरेको थियो । कुल सञ्चालन आम्दानी १७.७५ प्रतिशत घटेको छ ।
त्यसैगरी, समीक्षा अवधिमा लघुवित्तको इम्पेरमेन्ट चार्ज ४ करोड ३५ लाख रुपैयाँबाट घटेर १ करोड ५८ लाख रुपैयाँ पुुगेको छ । जसका कारण लघुवित्तको सञ्चालन मुनाफा १०.६८ प्रतिशत बढेको छ ।
लघुवित्तको प्रतिशेयर नेटवर्थ पनि घटेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ३७ पैसा घटेर २२ रुपैयाँ ६० पैसामा सीमित भएको छ । चैत मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ ७३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २३.८५ गुणा रहेको छ ।
चालु आवको तेस्रो त्रैमाससम्ममा लघुवित्तको चुक्ता पूँजी १९ प्रतिशत बढेको छ भने जगेडा कोष ०.२८ प्रतिशत बढेको छ। समीक्षा अवधिमा लघुवित्तको सापटी १७.६४ प्रतिशत र कर्जा १४.१४ प्रतिशत घटेको छ ।











