मन्जुश्री फाइनान्सको डिसिइओमा तेज राज तिमिल्सिना नियुक्त
६ बैशाख २०८०, बुधबार ११:०४

काठमाडौं । मन्जुश्री फाइनान्स लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा तेज राज तिमिल्सिना नियुक्त भएका छन् ।
कम्पनीको वैशाख ६ गते बसेको संचालक समितिको बैठकले तिमिल्सिनालाई सोही मितिदेखि लागू हुनेगरी नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ)मा नियुक्त गरको हो ।











