दुई वाणिज्य बैंकमा लगानीकर्ताको आकर्षण, यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साताको चौथो दिन शेयरबजारमा सामान्य अंकको सुधार देखिएको छ । नयाँ वर्ष २०८० साल सुरु भएसँगै लगातार गिरावट आएको नेप्से परिसूचक आज अंकले १५ बढेर १९२० को विन्दुमा पुगेको छ ।
तर शेयरबजारमा केही सुधार देखिएपनि यता कारोबार रकम भने माथि उक्लिन सकेको छैन । आम शेयर लगानीकर्ताहरुमा शेयरबजारप्रति मोह घट्दै गइरहेको पहिल्लो कारोबार रकमले देखाएको छ । आज शेयरबजारमा जम्मा ८७ करोड २१ लाख रुपैयाँमाथिको मात्रै कारोबार भएको छ ।
सर्वाधिक स्वाबलम्बन लघुवित्तको प्रोमोटर शेयर ८ करोड ८३ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, नबिल बैंकको ३ करोड ६६ लाख, एनआइसी एशिया बैंकको ३ करोड १८ लाख, शिवम् सिमेन्ट्सको ३ करोड १७ लाख र निफ्राको २ करोड ३९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।













