एनआईसी एशिया बैंकको खुद नाफा ४ अर्व माथि, इपिएस कति ?

७ बैशाख २०८०, बिहीबार ०९:४०

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको खुद नाफा बढेको छ । बैंकले प्रकाशित गरेकोे चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य रुपले बढेको हो ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले ४ अर्ब १ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.३८ प्रतिशत बढी रुपैयाँ हो । गत आर्थिक वर्षको समिक्षा अवधिमा बैंकले ३ अर्ब ६० करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो ।

सो अवधिमा खुद ब्याज आम्दानी खुद ब्याज आम्दानी ११.६१ प्रतिशतले बृद्धि भई ९ अर्व २१ करोड रुपैयाँ पुुगेको छ । समिक्षा अवधिमा बैंकले खुद ब्याज आम्दानी र संचालन नाफामा उल्लेख्खनिय सुधार गरेसँगै नाफा बृद्धिमा टेवा पुुगेको छ ।

समिक्षा अवधिमा बैकले संचालन आम्दानी ११ अर्व ४६ करोड रुपैयाँ गरेको छ । जुन गत आवको सोहि अवधिको तुलनामा १४।२७ प्रतिशतले बढी हो । बैकले गत आवको सोहि अवधिसम्ममा १० अर्व ३ करोड संचालन नाफा आर्जन गरेको थियो । त्यसैगरी, समिक्षा अवधिसम्ममा बैंकको सञ्चालन मुनाफा ३ अर्ब २ करोड ३१ लाख रुपैयाँ रहेको छ । गत आवको सोहि अवधिको तुलनाका १३.१० प्रतिशत बढी हो ।

समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ३५ पैसा बढेर ४६ रुपैयाँ २९ पैसा पुगेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १५.४४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २४८ रुपैयाँ ८८ पैसा रहेको छ ।

समिक्षा अवधिसम्ममा बैंकको चुक्ता पूँजी ११ अर्ब ५६ करोड रहेको छ भने जगेडा कोषमा १७ अर्ब २१ करोड रुपैयाँ सञ्चित छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*