कृषि विकास बैंक, सिद्धार्थ बैंक र सिटिजन्सहित ७ बैंकको मुनाफामा भारी गिरावट

७ बैशाख २०८०, बिहीबार १०:०७

काठमाडौं । तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार नेपालका ७ वटा क बर्गका राष्ट्रियस्तरका बाणिज्य बैंकहरुको मुनाफामा भारी गिरावट आएको पाइएको छ । सम्बन्धित बैंकहरुले आज प्रकाशित गरेको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार सात वटा बैंकको मुनाफामा न्यूनतम् ८ प्रतिशतदेखि अधिकतम् ४५ प्रतिशतसम्म गिरावट आहएको छ ।

चालु आवमा सबैभन्दा धेरै मुनाफ घट्नेमा कृषि विकास बैंक परेको छ । सो बैंकको मुनाफा एक अर्ब ९० करोडबाट झरेर एक अर्ब चार करोडमा सीमित हुन पुगेको छ । समग्रमा बैंकको मुनाफा ४५ प्रतिशतले घटेको  ।

दोस्रो ठूलो मुनाफा घट्नेमा सिद्धार्थ बैंक परेको छ । सो बैंकको मुनाफा दुई अर्ब आठ करोडबाट झरेर एक अर्ब ४९ करोडमा सीमित हुन पुगेको छ । सिद्धार्थ बैंकको मुनाफा २९ प्रतिशतले घटेको छ।

 

तेस्रो घट्नेमा सिटिजन्स बैंक परेको छ । सो बैंकको मुनाफा २२ प्रतिशतले घटेर एक अर्ब ५८ करोडबाट तल झर्दै एक अर्ब २३ करोडमा सीमित हुन पुगेको छ । त्यस्तै सरकारी लगानीको नेपाल बैंकको मुनाफा दुई अर्ब १९ करोडबाट तल झर्दै एक अर्ब ७८ करोडमा सीमित हुन पुगेको छ ।

त्यस्तै माछापुच्छ्रे बैंकको मुनाफा एक अर्ब ५५ करोडबाट झरेर एक अर्ब ३५ करोडमा सीमित भएको छ भने प्राइम बैंकको मुनाफा दुई अर्ब ७२ करोडबाट दुई अर्ब ४६ करोडमा भरेको छ । त्यस्तै, सनराईज बैंकको मुनाफा एक अर्ब २७ करोडबाट झरेर एक अर्ब १७ करोडमा सीमित भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*