हिमालयन बैंकको खुद नाफा २४ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा एक अर्ब ३२ करोड

काठमाडौं । साविका सिभिल बैंक लिमिटेडलाई प्राप्ति गरेको हिमालयन बैंक लिमिटेडले चैत मसान्तसम्म आइपुग्दा १ अर्ब ७३ करोड ८८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।
बैंकले प्रकाशित गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार यो नाफा गत आवको तुलनामा २४.९६ प्रतिशतले बढी हो । गत आवको यसै अवधिसम्मममा बैंकले एक अर्ब ३९ करोड १५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
समिक्षा अवधिसम्ममा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः ९३.१३% र २६.४३% ले बढेको छ । खुद ब्याज आम्दानी र संचालन नाफा बढेसँगै बैंकको नाफामा प्रगति देखिएको हो ।
यता, सिभिल बैंकलाई एक्वायर गरेपछि हिमालयन बैंकको चुक्ता पुँजी र रिजर्भ कोषमा उल्लेख्य वृद्धि भएको छ । चुक्ता पुँजी ६६.९९ प्रतिशतले बढेर २१ अर्ब ६५ करोड रुपैयाँ भन्दा बढी रहेको छ भने रिजर्भ कोष १०८.२५% ले बढेर १३ अर्ब ४८ करोड रुपैयाँ नाघेको छ ।
समिक्षा अवधिसम्म बैंकको निक्षेप संकलन र कर्जा लगानी पनि विस्तार भएको छ । बैंकको कर्जा लगानी ६१.३३ प्रतिशत र निक्षेप संकलन ५६.४५ प्रतिशतले बढेको छ । पुस मसान्तसम्म आइपुग्दा वितरणयोग्य नाफा भने १ अर्ब ३२ करोड रुपैयाँ ऋणात्मक रहेको छ । खराब कर्जा ०.९९% बाट बढेर हाल ४.५६% पुगेको छ । यसको प्रतिसेयर आम्दानी ७३ पैसाले बढेर १५.०४ रुपैयाँ पुगेको छ ।












