एनएमबि बैंकको खुद नाफा २ अर्ब ६८ करोडमाथि, अन्य सूचक कस्तो ?

७ बैशाख २०८०, बिहीबार ११:०१

काठमाडौं । एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा १ अर्ब ६८ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले आज प्रकाशित गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार यो नाफा गत आवको तुलनामा ०.१२ प्रतिशतले बढी हो ।

गत आवको समिक्षा अवधिमा बैंकले २ अर्ब ६६ करोड ५२ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । समिक्षा अवधिमा बैंकले खुद ब्याज आम्दानी वृद्धि भएको छ । तर, इम्पेरमेन्ट चार्ज बढेपछि बैंकको नाफामा उल्लेख्य सुधार नदेखिएको हो ।

सो अवधिमा बैंकको खुद ब्याज आम्दानी ४६.४७ प्रतिशतले वृद्धि भई ६ अर्ब ४८ करोड ४६ लाख ७१ रुपैयाँ पुगेको छ । तर, बैंकको इम्पेरमेन्ट चार्ज १ अर्ब १८ करोड ४५ लाख ९४ हजार रुपैयाँ देखिएको छ ।

बैंकले ३ अर्ब ८३ करोड ५ लाख ५३ हजार रुपैयाँ संचालन नाफा गरेको छ । जुन गत आवको चैत मसान्तसम्मको तुलनामा १.१९ प्रतिशतले मात्रै धेरै हो । सो अवधिसम्ममा बैंकको वितरवण योग्य नाफा ७२ करोड ८८ लाख ९० हजार रुपैयाँ रहेको छ ।

बैंकको चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ रहेको छ । बैंकले जगेडा तथा कोषमा भने ९ अर्ब ५५ करोड ४५ लाख ८६ हजार रुपैयाँ राखेको छ । समिक्षा अवधिमा बैंकले कुल १ खर्ब ९७ अर्ब ७३ करोड ३३ लाख ६४ रुपैयाँ निक्षेप संकलन गरि १ खर्ब ८५ अर्ब ७७ करोड ९३ लाख ९९ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । सो अवधिमा बैंकको खराब कर्जामा भने १.५० प्रतिशतले वृद्धि भएको छ । तेस्रो त्रैमासम्ममा बैंकको यस्तो कर्जा २.९६ प्रतिशत पुगेको छ ।

वित्तीय रिपोर्ट अनुसार बैंकको प्रतिसेयर आम्दानी झिनो वृद्धि भई १९ रुपैयाँ ४७ पैसा कायम भएको छ । प्रतिसेयर नेटवर्थ १५२ रुपैयाँ २ पैसा छ । बैंकको आधार दर १०.६१ प्रतिशत छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*