थप एक कम्पनीद्वारा सम्बन्धीत शेयरधनीहरुको खातामा लाभांश जम्मा
७ बैशाख २०८०, बिहीबार ११:०५

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुको खातामा लाभांश जम्मा गर्न सुरु गरेको छ । बैंकको गत चैत १४ गते सम्पन्न सोह्रौं साधारण सभाबाट पारित भएको ११ प्रतिशत नगद लाभांश सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा अद्यावधिक रहेको बैंक खातामा पठाउन सुरु गरेको हो ।
बैंकले गत फागुन २९ गतेसम्म आफ्नो हितग्राही खातामा बैंक खाता समेत अद्यावधिक गराएका सेयरधनीहरुलाई नगद लाभांश पठाएको हो । सो मितिपश्चात खाता अद्यावधिक गर्ने सेयरधनीहरुको खाता पनि क्रमशः लाभांश जम्मा गरिदिने बैंकले जनाएको छ ।












