कमर्सियल बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन् बिहिबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी
७ बैशाख २०८०, बिहीबार १५:०३

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक १५.७३ अंकले घटेर १९०४ विन्दुमा कायम हुन पुगेको छ ।
नेप्से घटेसँगै कारोबार रकम समेत घटेर ९७ करोड ८५ लाख रुपैयाँमा सीमित हुन पुगेको छ । सर्वाधिक आज एनआइसी एशिया बैंकको ५ करोड ७५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, कुमारी बैंकको ३ करोड ७५ लाख, एशियन लाइफ इन्स्योरेन्सको ३ करोड ३३ लाख, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ३ करोड ३३ लाख र एभरेष्ट बैंकको २ करोड ९१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।













