एनआइसी एशिया लघुवित्तद्वारा सहायक प्रवन्धकदेखि डिसिइओसम्म माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले सहायक प्रवन्धकदेखि नायव कार्यकारी प्रमुख (डिसिओ) सम्मका पदहरुमा कर्मचारी माग गरेको छ । संस्थाले सूचना प्रकाशित गर्दै रिक्त रहेका ३ पदमा ६ जना कर्मचारी माग गरेको हो ।
संस्थाले नायव कार्यकारी प्रमुख (डिसिओ) १ जना, सहायक कार्यकारी अधिकृत (एसिइओ) पदमा १ जना र सहायक प्रवन्धकमा ४ जना कर्मचारी माग गरेको छ । संस्थाका अनुसार दक्ष, अनुभवि, स्किलफुल र नेतृत्व गर्न सक्ने क्षमता भएको उम्मेदवारलाई बढी प्राथमिकता दिने भएको छ ।
उक्त पदहरुमा आवेदन दिनको लागि उम्मेदवारहरुले मान्यताप्राप्त विश्व विद्यालयबाट स्नातक तह देखि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने संस्थाले जनाएको छ ।
इच्छक उम्मेदवारले बैशाख २१ गतेभित्र संस्थाको वेवसाइट https://www.nicasialaghubitta.com/ मार्फत आवेदन दिन सक्नेछन् ।












