कुन वाणिज्य बैंकको प्रतिशेयर आम्दानी कति ? दुई आर्थिक बर्ष लाभांश नदिएको एनआईसी बलियो बन्दै, कुमारी र कृषि विकास बैंकको अवस्था दयनीय (यस्तो छ आंकडा)

७ बैशाख २०८०, बिहीबार १८:५७

काठमाडौं । शेयर किनबेचका दौरान आफुले शेयर किन्दै गरेको कम्पनीको अवस्था हेर्ने क्रममा प्रतिशेयर आम्दानीको अवस्थाले पनि लगानीकर्तालाई कारोबार गर्न सहज बनाउँछ ।

चालु आर्थिक वर्षमा वित्तीय विबरण प्रकाशित गरेका २१ वाणिज्य बैंकहरुको प्रतिशेयर आम्दानी सबैभन्दा धेरै एनआईसी एशिया बैंकको रहेको छ । दुई आर्थिक बर्षमा लाभांश नबाडेको एनआईसी एशिया बैंक थप मजबुत देखिएको छ। बैंकले यस आर्थिक बर्ष आकर्षक लाभांश बाड्ने संकेत देखिएको छ ।त्यस्तै, सबैभन्दा कम प्रतिशेयर आम्दानी कुमारी बैंक र कृषि विकास बैंकको रहेको छ ।

प्रतिशेयर आम्दानी, प्रतिशेयर नेटवर्थ र मूल्य आम्दानी अनुपातका आधारमा ५६ वटा विकास बैंकहरु कुन’स्थानमा छन् ?

Source: Bank Report

नेपालमा संचालनमा रहेका वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेका छन् ।बैकहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार एनआइसी एशिया बैकको प्रतिशेयर आम्दानी सबैभन्दा बढी रहेको छ । बैंकको प्रतिशेयर आम्दानी ४६ रुपैयाँ ७६ पैसा रहेको छ । त्यस्तै दोस्रो नम्बरमा स्ट्यान्डर्ड चार्टट बैंकको प्रतिशेयर आम्दानी बढी रहेको छ । समिक्षा अवधिसम्ममा बैकको प्रतिशेयर आम्दानी ३६ रुपैयाँ ९१ पैसा रहेको छ । यसका साथै, तेस्रो नम्बरमा एभरेष्ट बैंक रहेको छ । बैंकको प्रतिशेयर आम्दानी ३० रुपैयाँ ७४ पैसा रहेको छ ।

समिक्षा अवधिसम्ममा राष्ट्रिय वाणिज्य बैकको ३० रुपैयाँ ५० पैसा, नबिल बैंकको २५ रुपैयाँ २१ पैसा, नेपाल एसबिआई बैंकको २३ रुपैयाँ ७६ पैसा, एनएमबि बैंकको १९ रुपैयाँ ४७ पैसा, सानिमा बैंकको १८ रुपैयाँ ५० पैसा, ग्लोबल आइएमई बैंकको १७ रुपैयाँ ८ पैसा, प्राइम कमर्सियल बैंकको १६ रुपैयाँ ९६ पैसा रहेको छ ।

त्यस्तै, नेपाल बैंकको १६ रुपैयाँ १७ पैसा, सनराइज बैंकको १५ रुपैयाँ ४३ पैसा, नेपाल इन्भेष्टमेन्ट मेघा बैंकको १५ रुपैयाँ २० पैसा, हिमालयन बैंकको १५ रुपैयाँ ४ पैसा, लक्ष्मी बैंकको १४ रुपैयाँँ ६१ पैसा, सिद्धार्थ बैंकको १४ रुपैयाँ २४ पैसा, माछापुच्छ्रे्र बैंकको १२ रुपैयाँ ७४ पैसा, सिटिजन्स् बैंक इन्टनेशनलको १२ रुपैयाँ ६१ पैसा, प्रभु बैकको ११ रुपैयाँ ७ पैसा, कुमारी बैैंकको ९ रुपैयाँ २५ पैसा प्रतिशेयर आम्दानी रहेको छ ।

समिक्षा अवधिसम्ममा कृषि विकास बैंकको प्रतिशेयर आम्दानी सबैभन्दा कम रहेको छ । बैंकको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ९० पैसा कायम रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*