एनआइसी एशिया बैंकको सवा ७ लाख कित्ता शेयर लिलाममा, न्यूनतम मूल्य प्रतिकित्ता रु. ३९५

८ बैशाख २०८०, शुक्रबार ०८:५७

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर लिलाम बढाबढमार्फत बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूहतर्फको ७ लाख १५ हजार ९५० कित्ता शेयर लिलाम बढाबढ प्रक्रियाद्वारा बिक्री गर्न लागेको हो ।

बैंकले सो शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३९५ रुपैयाँ तोकेको छ । यसर्थ विद्यमान संस्थापक शेयरधनीहरुले सो वा सो भन्दा बढी मूल्य अंकित गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । बैंकले बिक्रीमा ल्याएको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद गर्न पाउनेछन् ।

यदि लिलाम बढाबढमार्फत सो शेयर बिक्री नभएको खण्डमा मात्रै बैंकले सर्वसाधारणहरुका लागि बिक्री प्रक्रिया अघि बढाउनेछन् । विद्यमान संस्थापक शेयरधनीहरुले वैशाख ८ गतेदेखि वैशाख १५ गतेसम्म सो शेयर खरिदका लागि शिलबन्दी प्रस्ताव पेश गर्न सक्नेछन् ।

बोलपत्र पेश गर्दा न्यूनतम १००० कित्ताका लागि वा सो भन्दा बढीको लागि आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*