उच्च र दिगो सहुलियतपूर्ण स्रोत विनियोजन नेपालको लागि महत्वपूर्ण छ: एडीबी महानिर्देशक केनिची

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) दक्षिण एसियाका लागि महानिर्देशक केनिची योकोयामाले सुधारिएको पोर्टफोलियो कार्यसम्पादन विकासको नतिजा समयमै उपलब्ध गराउन र उच्च र दिगो सहुलियतपूर्ण स्रोत विनियोजनको लागि महत्वपूर्ण भएको बताए।नेपाल सरकार र एडीबीले एडीबीको सहयोगमा संचालीत विकास आयोजनाको प्रगति मूल्याङ्कन गर्न आयोजना गरेको २ दिने कन्ट्री पोर्टफोलियो समीक्षा बैठकको उद्घाटन सत्रमा बोल्दै उनले यस्तो बताएका हुन् ।
नेपालले एडीबीको कार्यसम्पादनमा आधारित विनियोजन प्रणालीमा आधारित उच्च सहुलियतपूर्ण स्रोत विनियोजनका लागि प्रति वर्ष कम्तिमा ३५० मिलियन डलर देखि ४५० मिलियन डलर वितरण प्राप्त गर्न आवश्यक रहेको उनले कार्यक्रममा बताए ।बैठकको संयोजनमा आयोजित विशेष समारोहमा अर्थ राजस्व सचिव रामप्रसाद घिमिरेले प्रभावकारी आयोजना व्यवस्थापन, लैङ्गिक समानता र सामाजिक समावेशीकरण, वातावरणीय तथा सामाजिक सुरक्षा अनुगमनमा उत्कृष्ट कार्य गरेको भन्दै एडीबीको सहयोगमा सञ्चालित आयोजनाहरूलाई पुरस्कार प्रदान गरे।अवार्ड भएका आयोजनाहरुमा शहरी खानेपानी तथा सरसफाई (सेक्टर) आयोजना, वाग्मती नदी बेसिन सुधार आयोजना–अतिरिक्त वित्तपोषण, सासेक राजमार्ग सुधार आयोजना, ग्रामीण उद्यम वित्तिय आयोजना र विद्युत् प्रसारण तथा वितरण दक्षता अभिवृद्धि आयोजना रहेका छन् ।
३१ डिसेम्बर २०२२ सम्म नेपालमा को सक्रिय पोर्टफोलियो लगभग ३१ बिलियन डलर छ । जसमा मुख्य क्षेत्रहरू ऊर्जा, यातायात, कृषि, पानी र शहरी पूर्वाधार र सेवाहरू, ग्रामीण विकास र प्राकृतिक स्रोतहरू, स्वास्थ्य र शिक्षाको व्यापक दायरामा रहेको छ ।२०२२ मा, नेपालको समग्र पोर्टफोलियो कार्यसम्पादन अपेक्षित भन्दा कम थियो मुख्यतया अपर्याप्त परियोजना कर्मचारी र उच्च कारोबार, ठेक्का व्यवस्थापनमा चुनौतिहरू, वातावरणीय र जग्गा क्लियरेन्समा ढिलाइ र निर्माण आपूर्ति श्रृंखलाको अवरोधका कारण प्रभावित भएको थियो, एडीबीका निर्देशकले भने।
समिक्षा पश्चात् चुनौतिहरुलाई पार गर्नको लागी विशेष कार्यहरुमा पनि सहमत जनाउने र परियोजना कार्यान्वयन र वितरणले गति लिने, उनले बताए ।











