विजय लघुवित्तको संस्थापक शेयर बिक्रीमा

१० बैशाख २०८०, आईतवार १०:१५

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाका केहि संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको १० हजार ५० कित्ता शेयर बिक्रीको लागि निवेदन दिपश्चात संस्थाले सो शेयपर बिक्रीमा ल्याएको हो ।

संस्थाले शेयरधनी हरि प्रसाद सापकोटाको चार हजार पाँच सय ७० र लुक बहादुर रानाको पाँच हजार चार सय ८० कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

संस्थाका अनुसार उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित मितिले ३५ दिन भित्र संस्थाको केन्द्रिय कार्यालय गैडाकोट नगरपालिका ५ मा आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*