नारायणी डेभलपमेन्ट बैंकमा रोजगारको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

१० बैशाख २०८०, आईतवार ११:३०

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले रोजगारको अवसर खुलाएको छ । बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको हो ।

बैंकले ब्रान्च म्यानेजर केही संख्यामा, प्रधान कार्यालयका लागि अपरेसन।ट्रेजरी एडमिन केही संंख्यामा र म्यानेजरियल लेभल अन्तर्गत असिस्टेन्ट म्यानेजर एकजना माग गरेको छ ।

सो पदहरुका लागि बैंकले न्यूनतम स्नातक तहदेखि स्नाकोत्तर तहसम्म उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिले वैशाख २१ गतेसम्म आवश्यक कागजात संकलन गरी बैंकको इमेल [email protected] मार्फत दरखास्त दिन सक्नेछन् ।

 

May be an image of ticket stub

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*