एनआइसी एशिया लघुवित्तका सिइओ लक्ष्मण चालिसेले तलव भत्ता बापत बुझे ५२ लाख बढी रुपैयाँ
१० बैशाख २०८०, आईतवार १२:५१

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले पाँचौँ वार्षिक साधारण सभा आइतबार धरान उपमहानगरपालिका ८, सुनसरीमा सम्पन्न गरेको छ ।
सभाले पारित गरेको वार्षिक प्रतिवेदन अनुसार प्रमुख कार्यकारी अधिकृत (सिइओ) लक्ष्मण चालिसेलाई आर्थिक वर्ष २०७८।७९ मा पारिश्रमिक, भत्ता तथा सुविधा वापत ५२ लाख ७३ हजार ७६० रुपैयाँ भुक्तानी गरेको छ ।
यसका साथै, संस्थाले प्रमुख प्रवन्धकहरुको पारिश्रमिक, भत्ता तथा सुविधा वापत १ करोड ६९ लाख ४२ हजार ६३३ रुपैयाँ भुक्तानी गरेको छ ।












