राष्ट्रिय वाणिज्य बैंकको रोजगारीमा आवेदन दिन समय थप
१० बैशाख २०८०, आईतवार १३:३४
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले करार सेवाको लागि खुलाएको रोजगारीमा आवेदन दिने समय थप गरेको छ । बैंकले गत चैत ४ गते डाटाबेस स्पेस्लीष्ट र नेटवर्क एण्ड सिस्टम स्पेस्लीष्ट पदमा १ जनाका दरले कर्मचारी माग गरेको थियो ।
उक्त पदहरुमा आवेदन दिन इच्छुक उम्मेदवारले आवश्यक प्रक्रिया पुरा गरी बैंकको इमेल मार्फत आवेदन दिन सक्नेछन् । दक्ष, अनुभवि, स्किलफुल तथा नेतृत्व गर्नसक्ने उम्मेदवारलाई प्राथमिकता दिने बैंकले जनाएको छ ।












