सिभिल लघुवित्तले शेयर संरचना परिवर्तन गर्दै, संस्थापक र सर्वसाधारणको स्वामित्व कति ?

११ बैशाख २०८०, सोमबार ११:३९

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर संरचना परिवर्तन गर्ने भएको छ । लघुवित्तले संस्थापक समूहतर्फको ९ प्रतिशत शेयर सर्वसाधारणमा परिवर्तन गर्ने भएको हो ।

हाल संस्थामा संस्थापक समूहको ६० प्रतिशत र सर्वसाधारण समूहको ४० प्रतिशत सेयर स्वामित्व रहेको छ । संस्थाले अब संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत सेयर स्वामित्व कायम गर्न लागेको हो । यसका लागि संस्थाले ९ प्रतिशत संस्थापक सेयर सर्वसाधारणमा परिणत गर्नेछ ।

आफ्नो शेयर सर्वसाधारण समूहमा परिणत गर्न नचाहने संस्थापक सेयरधनीहरुलाई संस्थाले ३५ दिनभित्र जानकारी संस्थाको काठमाण्डौको चाबहिलस्थित केन्द्रीय कार्यालयमा स्वःघोषणा वा निवेदन दिन सूचित गरेको छ । तोकिएको म्यादभित्र निवेदन नदिने संस्थापक सेयरधनीहरुको हकमा संस्थापक सेयर सर्वसाधारण समूहमा परिणत गर्न मन्जुर रहेको मानिने संस्थाले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*