मिर्मिरे र नेरुडे लघुवित्तको विशेष सभाबाट मर्जरसम्बन्धी प्रस्ताव पारित, गाभिएपश्चात बन्ने कम्पनीको नाम ‘नेरुडे मिर्मिरे लघुुवित्त’

११ बैशाख २०८०, सोमबार ११:५८

काठमाडौं । मिर्मिरे लघुवित्त र नेरुडे लघुुवित्त वित्तीय संस्थाले विशेष साधारण सभा सम्पन्न गरेको छ । यी दुवैको सो सभामार्फत दुई लघुवित्तबीच एक आपसमा गाभ्ने।गाभिने वा मर्जरमा जाने सम्पूर्ण प्रस्ताव पारित गरेको छ । मिर्मिरेको सभा धुलिखेलस्थित होटेल सारथीमा सम्पन्न भएको हो भने नेरुडे लघुवित्तको सभा विराटनगरको उद्योग संगठन मोरङमा सम्पन्न भएको हो ।

सो सभामार्फत एक आपसमा गाभिए पश्चात बन्ने लघुवित्त संस्थाको नाम नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड रहने, दुबै लघुवित्त कम्पनीको शेयर अनुपात क्रमशः १ः१ कायम गर्ने प्रस्ताव सर्वसम्मत पारित गरिएको छ ।

साथै एक आपसमा गाभ्ने।गाभिने सम्बन्धी कार्यको लागि गरिएको अन्तिम सम्झौंता पत्र तथा अन्य भए गरेका मर्जर सम्बद्ध सम्झौताहरुको अनुमोदन गर्ने, चल।अचल सम्पत्ति तथा दायित्व मुल्यांकन प्रतिवेदन तयार गर्नका लागि नियुक्त लेखापरीक्षक।मुल्यांकनकर्ताको नियुक्ति तथा पारिश्रमिकको अनुमोदन, एक आपसमा गाभ्ने।गाभिने प्रयोजनको लागि बाँकी काम कार्यवाही।प्रक्रिया अगाडी बढाउन संचालक समितलाई अख्तियारी दिनुका साथै संचालक समितीमा हुने फेरबदल, तथा संचालक समितीको कार्यकाल सम्बन्धि प्रस्ताव समेत पारित भएको छ । यसका अतिरिक्त प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्ने, पूँंजी संरचना परीर्वतन लगायतका सम्पुर्ण प्रस्तावहरु सर्वसम्मत रुपमा पारित गरेको छ ।

मोरङको विराटनगरमा केन्द्रीय कार्यालय रहेको नेरुडे लघुवित्त लिमिटेड र काभ्रेपलाञ्चोकको बनेपामा केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड बीच गत पौष ११ गते मर्जरमा जाने प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको थियो । २०७९ माघ २६ गते नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमती प्राप्त गरी मर्जर सम्बन्धिको काम कार्यवाही अगाडी बढाईएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*