लुम्बिनी विकास बैंकलाई एक अर्बको ऋणपत्र जारी गर्न सेबोनको अनुमति

११ बैशाख २०८०, सोमबार १७:१४

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति पाएको छ । कम्पनीले १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासनका लागि वैशाख १० गते सेबोनबाट अनुमति पाएको हो ।

कुल कित्तामध्ये कम्पनीले ४० लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने ६० लाख कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट बिक्री गर्नेछ । कम्पनीले आगामी १० वर्षसम्मका लागि वार्षिक ११ प्रतिशत ब्याजदरमा ‘एलबिबिएल डिबेन्चर’ नामक ऋणपत्र निष्कासन गर्न अनुमति पाएको हो । कम्पनीको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*