सेन्ट्रल फाइनान्सको मुनाफा ४२ प्रतिशतले घट्यो, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको ९ महिनासम्ममा २ करोड ३८ लाख ६७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाको यो नाफा गत आवको तुलनामा ४२.४० प्रतिशतले कम हो ।
गत आर्थिक वर्षको यसै अवधिसम्म संस्थाले ४ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी वृद्धि भएपनि कम्पनीको संचालन नाफा घटेको छ, जसले खुद नाफा घट्न पुगेको हो । कम्पनीको खुद ब्याज आम्दानी भने १५.१० प्रतिशतले वृद्धि भई १९ करोड ३० लाख ७५ हजार रुपैयाँ पुगेको छ । गत आवको चैत मसान्तसम्ममा भने कम्पनीको यस्तो आम्दानी १६ करोड ७७ लाख रुपैयाँ रहेको थियो ।
कम्पनीको संचालन नाफामा भने २ करोड ४८ लाख रुपैयाँले घटेर ३ करोड ३९ लाख ३८ हजार रुपैयाँ कायम भएको छ । कम्पनीको वितरणयोग्य नाफा पनि १ करोड ३८ लाख ४९ हजार रुपैयाँ ऋणात्मक देखिएको छ ।
कम्पनीको चुक्ता पुँजी ९४ करोड ८८ लाख ७५ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने २२ करोड ९ लाख रुपैयाँ राखेको छ । कम्पनीले ६ अर्ब ४० करोड १८ लाख ७७ हजार रुपैयाँ निक्षेप संकलन गरि ४ अर्ब ९२ करोड ४९ लाख ९९ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।
समिक्षा अवधिमा कम्पनीको खराब कर्जा पनि वृद्धि १.६४ प्रतिशतले बढेर ४.६० प्रतिशत पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानीमा पनि ४ रुपैयाँ ६० पैसाले घटेर ३ रुपैयाँ ३५ पैसा कायम भएको छ । प्रतिसेयर नेटवर्थ १२१ रुपैयाँ ८७ पैसा, मूल्य आम्दानी अनुपात ९५ रुपैयाँ २२ पैसा रहेको छ ।












