राष्ट्रिय वाणिज्य बैंकद्वारा चारवटा शाखाको नाम परिवर्तन

१२ बैशाख २०८०, मंगलवार १०:५८

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले चारवटा शाखा कार्यालयको नाम परिवर्तन गरेको छ । बैंकले वैशाख ६ गतेदेखि लागू हुनेगरी ४ वटा शाखा कार्यालयको साविवको नाम परिवर्तन भई नयाँ कायम गरेको जनाएको हो ।

बैंकले साविक श्रीपुर बेलौरी शाखा परिवर्तन गरी बेलौरी, बेलौरी नगरपालिका–५ कंचनपुर कायम गरेको छ । त्यस्तै, साविक रामनगर बजार शाखा राजमार्ग चौराहा, बुटवल उपमहानगरपालिका–९ रुपन्देही, साविक सुरजपुरा शाखा सुर्यपुरा, गैडहवा गाउँपालिका–६ रुपन्देही र साविक क्याम्पस चोक शाखा क्याम्पस रोड, धनगढी उपमहानगरपालिका–८ कैलाली परिवर्तन गरेकोछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*