सूर्याेदय वोमी लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
१३ बैशाख २०८०, बुधबार १०:२९

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज (वैशाख १३ गते) अन्तिम दिन रहेको छ । संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ वैशाख १४ गते बुक क्लोज गर्ने भएसँगै आजसम्म कायम शेयरधनीहरुले मात्रै प्रस्तावित लाभांश पाउनेछन् ।
लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट १५% बोनस सेयर वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न संस्थाले वैशाख ३० गते वार्षिक साधारण सभा बोलाएको छ । सभा धुलिखेललज रिसोर्टको सभाहल, धुलिखेल काभ्रेपलाञ्चोकमा बिहान ९ बजेबाट सुरु हुनेछ ।












