लामो समयदेखि रिक्त रहेको कामना सेवा विकास बैंकमा सिईओ को बन्ला ?

काठमाडौं । लामो समयदेखि रिक्त रहेको कामना सेवा विकास बैंकमा सिईओ नियुक्तको लागि संचालक समितिमा कुरा उठ्दै आएको छ । हाल कामना सेवा बैंक कामु सिईओ विनय दाहालको जिम्मवारीमा रहेको छ।
कार्यकाल सकिन लाग्दा कामना सेवा विकास बैंकका कर्मचारीको मिलेमतोमा भएको अनियमितता भएको भन्दै यसअघिका सिईओ प्रविण बस्नेतले राजिनामा दिएको थियो।त्यसपश्चात् बैंकको सिईओको पद रिक्त अवस्थामा छ । बैंकको स्रोतका अनुसार प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेश थकाली बन्ने भएका छन् ।
दिनेश थकालीसँग बैंक तथा वित्तिय संस्थाको एक दशकको अनुभव रहेको छ । उनी प्रभु बैंकको चिफ बिजनेश अफिसर हुन् । टप थी्रबाट दिनेश थकालीलाई छनोट गरेर आवश्यक प्रकृया समेत संचालकले पूरा गरेको स्रोतले जनाएको छ ।
उनले प्रभु बैंकबाट राजिनामा भने दिईसकेको छैन । प्रभु क्यापिटल, सांग्रिला डेभलपमेन्ट बैंकमा काम गरिसकेका छन् ।











