कामना सेवा विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

१४ बैशाख २०८०, बिहीबार ०९:३४

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (बैशाख १४ गते) अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात बैशाख १५ गते बुकक्लोज गर्दैछ ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

बैंकले बैशाख ३१ गते बिहान ११ः३० बजे, सिद्धार्थ बुटिक होटल, बौद्ध काठमाडौंमा सोह्रौँ वार्षिक साधारण सभा बोलाएको छ ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजी ३ अर्ब १४ करोड २५ लाख रुपैयाँ ४।४१ प्रतिशतका दरले हुन आउने १३ करोड ८५ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०।२३२१ प्रतिशतले हुन आउने ७२ लाख ९२ नगद लाभांश पारित गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*