समता घरेलु लघुवित्तद्वारा देशभरीमा कर्मचारी माग, एसएलसी उत्तिर्णलाई समेत अवसर

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न १० पदमा कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै व्यवस्थापकीय अधिकृतदेखि प्रशिक्षार्थी सम्मका पदहरुमा कर्मचारी माग गरेको हो ।
संस्थाले अनुुगमन तथा सररिवेक्षण विभाग, जोखिम विभाग, प्रशासन विभाग अन्तर्गत व्यवस्थापकीय अधिकृत पदमा १ जनाका दरले कर्मचारी माग गरेको छ । यसका साथै, लेखा विभाग, वित्त विभाग, सूचना तथा प्रविधि विभाग लगायतका अन्य विभागमा वरिष्ठ सहायक पददेखि सहायक अधिकृत पदहरुमा एक जनाका दरले कर्मचारी माग गरेको छ ।
त्यस्तै, संस्थाले प्रशिक्षार्थी देखि अधिकृतसम्मका पदहरुमा केहि संख्याले कर्मचारी माग गरेको छ । सो पदहरुमा आवेदन दिनको लागि उम्मेदवारले एसएलसी देखि स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्ने संस्थाले जनाएको छ । संस्थाका अनुसार अनुुभवि, स्किलफुल तथा क्षमतावान उम्मेदवालाई बढी प्राथमिकता दिइने भएको छ ।
इच्छुक उम्मेदवारले संस्थाको वेवसाइट मार्फत https://www.samata.org.np/ आवेदन दिन सक्नेन् ।












