लाभांश प्रस्ताव सहित एनएमबि लघुवित्तको साधारण सभा भोलि

१४ बैशाख २०८०, बिहीबार १०:५४

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाको भोलि (वैशाख १५ गते) साधारण सभा बस्दैछ । साधारण सभा सिटी स्क्वायर प्रालि न्यूरोड, पोखरामा दिउँसो १२ः३० बजे सुरु हुनेछ ।

सभामाले गत वर्षको नाफाबाट सेयरधनीलाई १०% बोनस सेयर तथा कर प्रयोजनका लागि ०.५२६३% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । साथै, बोनस सेयर वितरणपछि पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम कम्पनीको प्रबन्धपत्र संशोधन हुनेछ ।

यसैगरी, सभाले अन्य कुनै लघुवित्त कम्पनीसँग मर्जर वा एक्विजिसन गर्नुपरेमा सम्पूर्ण कार्यको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ ।

सभामार्फत गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा छ । सभा प्रयोजनका लागि चैत १७ गतेदेखि बुक क्लोज गरेको छ । चैत १६ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*