सुपरमाई हाइड्रोपावरको खुद नाफा पौने ५ करोड, इपीएस कति  ?

१४ बैशाख २०८०, बिहीबार ११:००

काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ४ करोड ८३ लाख ५७ हजार खुद नाफा कमाएको छ । कम्पनीले आज सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार गत आवको तुलनामा नाफा घट्न पुगेको हो ।

यो नाफा गत वर्षको भन्दा ४१.२०% ले कम हो । गत वर्ष यसैअवधिमा कम्पनीले ८ करोड २२ लाख ३६ हजार रुपैयाँ नाफा कमाएको थियो । यस अवधिमा यस कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी घटेको र प्रशासनिक खर्च बढेकाले नाफा प्रभावित भएको हो ।

गत वर्ष १८ करोड ७० लाख ८३ हजार रुपैयाँ विद्युत् बिक्रीबाट आम्दानी गरेकोमा यो वर्ष १७ करोड १४ लाख ५२ हजार रुपैयाँ आम्दानी गरेको छ । त्यस्तै, अघिल्लो वर्ष ३९ लाख ७४ हजार रुपैयाँ भएको प्रशासनिक खर्च यो वर्ष ५५ लाख २ हजार रुपैयाँ पुगेको छ । चैत मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ३७ पैसा र प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ ५२ पैसा छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*