तीन वाणिज्य बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

१४ बैशाख २०८०, बिहीबार १५:०३

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक आज २.२७ अंकले घटेर १८८९ को विन्दुमा कायम हुन पुगेको छ ।

शेयरबजारमा आज जम्मा ७३ करोड ९३ लाख रुपैयाँमाथिको कारोबार भएको छ । आज सर्वाधिक तीन वाणिज्य बैंकको कारोबार भएको छ । शेयरमूल्य बढेसँगै एभरेष्ट बैंकको आज ३ करोड ७६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, नबिल बैंकको ३ करोड २७ लाख रुपैयाँ, शिवम् सिमेन्ट्सको ३ करोड १ लाख, स्ट्याण्डर्ड चार्टर्ड बैंकको २ करोड ९८ लाख, तारागाउँ रिजेन्सी होटलको २ करोड ९३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*