एक कम्पनीको शेयरमा नकरात्मक सर्किट, अन्य कुनले कति गुमाए
१४ बैशाख २०८०, बिहीबार १५:११

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात विहिबार शेयर बजार झिनो अंकले घटेको छ । आज शेयर बजार २।२७ को अंकले घटेर १८८९ को विन्दुमा कायम भएको छ ।
शेयर बजार घटेसँगै एनआइबिएल ग्रोथ फण्डको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै, एनएमबि डिभेन्चर, यूनिलिभर नेपाल लिमिटेड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ लगायत अन्य कम्पनीहरुको शेयर मूल्य घटेको छ ।













