राष्ट्र बैंक पूर्ण स्वायत्त हुनु आवश्यक छ, कसैको नियन्त्रणमा बाधिनु हुँदैनः पुर्व गभर्नर भट्टराई

१४ बैशाख २०८०, बिहीबार २१:५९

काठमाडौं । नेपाल राष्ट्र बैंकका पुर्व गभर्नर विजयनाथ भट्टराईले राष्ट्र बैंक पूर्ण स्वायत्त हुनु आवश्यक रहेको बताएका छन् । केन्दिय बैंकको ऐन २०१९ ले पूर्ण स्वायत्त पाएको केन्द्रीय बैंक माथि हाल अर्थमन्त्रालयको नियन्त्रण रहेको भन्दै यसलाई पूर्ण स्वायत्त बनाउनतर्फ जोड दिन सुझाव दिए ।

आफू गर्भनर हुँदा समेत राष्ट्र बैंक पूर्ण स्वायत्त रहेको कुरा स्मरण गर्दै विभिन्न ऐन संसोधन हुँदै यसमा नियन्त्रण गर्ने प्रयास भएको दुख व्यक्त गरे । व्यापारिक स्वार्थ अनुसार ऐन कानुनहरु संशोधन गर्दा केन्द्रीय बैंक माथि नियन्त्रण गरिएको उनले बताएका हुन ।

स्वायत्त निकायबाट बाहिर निकाल्नुमा संसदीय समितिमा व्यापारिक स्वार्थ भएका प्रतिनिधिको उपस्थिती, नेपाल सरकार अर्थ मन्त्रालयको ठूलो भूमिका रहेको कार्यक्रममा बताए ।
केन्द्रीय बैंकलाई विशिष्टिकृत संस्थाको रुपमा विकास गर्न अझै पनि पुर्ण स्वायत्त बनाउन आवश्यक रहेको उनको भनाई छ । पछिल्लो समयमा केन्द्रीय बैंकले कर्जाको ब्याजदरको विषयलाई लिएर निकै आलोचनाको खेप्नु परेको बताउँदै उनले थपे,“केन्द्रीय बैंकले २०४६ साल देखि नै ब्याजदर निर्धारण गर्ने व्यवस्था बजारलाई छोडेको हुँदा प्रत्यक्ष हस्तक्षेप गर्न मिल्दैन र सक्दैन पनि ।” निक्षेपको ब्याजदरका आधारमा कर्जाको ब्याजदर निर्धारण हुने र निक्षेपको ब्याजदर बाणिज्य बैंकहरुसंग रहेको तरलताको आधारमा निर्धारण हुने उनको भनाई छ कोरोनाको अवधिमा उदार मौद्रिक नीतिले अर्थतन्त्रलाई कोल्याप्स हुनबाट बचायो भने अर्कोतर्फ अधिक माग सृजना भई शोधनान्तर घाटा हुन पुगेको उनको बुझाई छ । शोधनान्तर स्थीतिमा सुधार ल्याउन केन्द्रीय बैंकले कसिलो मौद्रिक नीति अबलम्न गर्दा क्रमश सुधार हुँदै गएको देखिन्छ । उनले कार्यक्रममा बैंक कर्मचारी माथि आक्रमण गर्ने तथा कर्जाको ब्याजदर नतिर्ने जस्ता आन्दोलनले निष्क्रिय कर्जा बढेको उनले बताए । यसले वित्तीय स्थायीत्वमा समेत असर गर्ने भएकाले यस्ता गतिविधि गर्ने समुहलाई समयमै कडा कारबाही गर्नुपर्ने उनले बताए ।

साथै उनले लघुवित्त र माईक्रोफाइनान्समाथि राष्ट बैंकले कडा निगरानी राखी नियन्त्रण गर्न जरुरी रहेको जानकारी दिए । सर्वसाधरणको पैसामाथि खेलबाड गर्ने कार्य हुन नदिन आवश्यक कदम चाल्न समेत सुझाव दिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*