प्रभु बैंकको २ लाख बढी कित्ता शेयर बिक्रीमा

१५ बैशाख २०८०, शुक्रबार १०:०१

काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । बैंकका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम बैंकले उक्त शेयर बिक्रीका लागि ३५ दिने सूचना प्रकाशित गरेको हो ।

बैंकका संस्थापक शेयरधनी सरस्वती श्रेष्ठले ६१ हजार ७६२ कित्ता, सुरेन्द्र चन्द्र तायलले १ लाख २६ हजार ६०५ कित्ता, पुष्पा कुमारी मैलानी खरेलले ४ हजार ५८५ कित्ता, मनोज प्रधानाङ्गले १३ हजार ३०५ कित्ता र कली खत्रीले ६ हजार ७९१ कित्ता शेयर बिक्री गर्न लागेका हु्न् ।

उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बबरमल, काठमाडौंमा शेयर खरिदका लागि निवेदन पेश गर्न सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*