ज्योति विकास बैंकको संस्थापक शेयर बिक्रीमा
१५ बैशाख २०८०, शुक्रबार १०:१५

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । लघुवित्तका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम संस्थाले उक्त शेयर बिक्रीका लागि ३५ दिने सूचना प्रकाशित गरेको हो ।
उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय कमलपोखरी, काठमाडौंमा आवेदन दिन सक्नेछन् ।
साथै तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट कुनै पनि निवेदन नपरेको खण्डमा उक्त शेयर अन्य कोही व्यक्ति तथा संस्थालाई बिक्री प्रक्रिया अघि बढाउने बैंकले जनाएको छ ।,











