अप्पर स्याङ्गे हाइड्रोपावरलाई आइपीओ निष्काशन गर्न बोर्डको अनुमति

१५ बैशाख २०८०, शुक्रबार १०:२९

काठमाडौं । अप्पर स्याङ्गे हाइड्रोपावर कम्पनीलाई आइपीओ निष्काशन तथा बिक्री खुल्ला गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अनुमति दिएको छ ।

बोर्डले कम्पनीलाई कुल ८ लाख ७० हजार कित्ता सेयर बिक्री गर्न अनुमति दिएको हो । कम्पनीको बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि र दोस्रो चरणमा सर्वसाधारणहरुका लागि आइपीओ निष्काशन गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*