नेप्सेमा थप ७३ लाख ५१ हजार कित्ता बोनस शेयर सूचीकृत

१५ बैशाख २०८०, शुक्रबार ११:००

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । अरुण भ्याली हाइड्रोपावर र गरिमा विकास बैंकको आ–आफ्नै साधारण सभाबाट पारित भएको बोनस शेयर बिहिबार नेप्सेमा सूचीकृत भएको हो ।

अरुण भ्याली हाइड्रोपावरको ८ प्रतिशत दरका कुल १३ लाख ८३ हजार ६७६ कित्ता बोनस शेयर र गरिमा विकास बैंकको १३ प्रतिशत दरका कुल ५९ लाख ६८ हजार १३५ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

उक्त बोनस शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा शेयरधनीहरुले कारोबार गर्न पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*