नयाँ स्टकको लाइसेन्सको लागि रितेशकुमार शाक्यको संयोजकत्वमा समिति बनाउने तयारी, लाईसेन्सको लागि मन्त्री फकाउदै घराना समूह

१५ बैशाख २०८०, शुक्रबार १४:५०

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नयाँ स्टकको लाइसेन्स अनुमति दिन रितेशकुमार शाक्यको संयोजकत्वमा समिति बनाउने भएको छ। अर्थमन्त्रालयबाट संयोजक समितितर्फबाट उनलाई कमिटिमा राख्ने र एक महिनाभित्र लाईसेन्स दिने प्रकृया अघि बढाउने तयारीमा रहेको स्रोतको भनाई छ।

आगामी साता बोर्डको बैठकले यो निर्णयलाई मुक्त रुप दिन्छ । शाक्यले अर्थ मन्त्रालयबाट बोर्ड संचालक समितिमा प्रतिनिधित्व गर्दै आएका छन्।श्रेष्ठलाई केही समयअघि मात्रै नियमन महाशाखामा ल्याइएको हो। बोर्डको लाईसेन्स प्रकृयामा पनि ठूला घराना समूहको कब्जा हुने देखिएको छ । स्टक एक्सचेन्जमा तीन वटै समूहबीच घम्साघम्सी हुने काँटछाट लाईसेन्स प्रकृयामा देखिनेछ ।

तीनवटै समूह सरकारसमूहसँग हारगुहार गर्दै मन्त्रालय धाउने गरेको छ । यी तीन समूह नै लाईसेन्स पाउनको लागि मन्त्रीहरु भेट्न व्यस्क्त छन् । आफनो समूहले लाईसेन्स पाउने कुरामा तीनै समूह विश्वस्त छन् । तर हाल अर्थमन्त्रालयबत्राट पनि केही व्यक्तिको स्वार्थ हुने गरि कमिटि तयार गर्न लागिएको देखिएको छ।

अहिले सरकारको लगानीमा नेपाल स्टक एक्सचेञ्ज सञ्चालनमा छ । बोर्डले अर्को एउटा स्टक एक्सचेञ्ज थपेर प्रतिस्पर्धात्मक वातावरण तयार पार्न खोजेको हो ।अब ३ मध्येबाट धितोपत्र बोर्डले एउटा कम्पनी छान्नेछ । सबैलाई मिलेर एउटै कम्पनी बनाउन पनि धितोपत्र बोर्डले आग्रह गर्न सक्नेछ ।

३ कम्पनीको आवेदन परेसँगै अब फेरि लाइसेन्स पाउन राजनीतिक र आथिक तहमा ठूलै लभिङ हुनेछ ।नयाँले लाइसेन्स पाएपछि नेप्सेको एकाधिकार पनि तोडिनेछ । स्टक सँगै कमोडिटी र नयाँ ब्रोकरहरु पनि बजारमा आउनेछन्।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*