एनएमबि लघुवित्तको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित
१५ बैशाख २०८०, शुक्रबार १६:२३

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाको आज साधारण सभा सम्पन्न भएको छ । साधारण सभा सिटी स्क्वायर प्रालि न्यूरोड, पोखरामा दिउँसो सम्पन्न भएको हो ।
सभामाले गत वर्षको नाफाबाट सेयरधनीलाई १०% बोनस सेयर तथा कर प्रयोजनका लागि ०.५२६३% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
यसैगरी, सभाले अन्य कुनै लघुवित्त कम्पनीसँग मर्जर वा एक्विजिसन गर्नुपरेमा सम्पूर्ण कार्यको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पारित गरेको छ ।











