घलेम्दी हाइड्रोको बार्षिक साधारणसभा सम्पन्न, २०० प्रतिशत हकप्रद साधारण सभाबाट पारित

१६ बैशाख २०८०, शनिबार १७:५५

काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडको नवौं वार्षिक साधारण सभाले १ः२ अनुपात अर्थात २०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीका अध्यक्ष किशोर सुवेदीको अध्यक्षतामा शनिबार सासा बैंक्वेट नयाँ बजारमा सम्पन्न भएको साधारणसभाले हकप्रद सेयर पारित गरेको हो ।
हकप्रदबाट जम्मा भएको पुँजी सांग्रिला उर्जा लिमिटेड।द्वारा प्रबद्र्धित संखुवासभामा रहेको ६३ मेगावाट क्षमताको छुजुङ्ग खोला जलविद्युत आयेजनामा ५१ प्रतिशत भन्दा बढी सेयर कायम हुनेगरी लगानी गर्नेछ ।

भव्य र सभ्यरुपले सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७८र०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नुको साथै लेखापरीक्षण कार्यको लागि लेखापरीक्ष्क नियुक्त समेत गरेको छ ।

त्यसै गरी सभाले हकप्रद सेयर जारी गर्ने कार्य गर्दा विद्युत नियमन आयोग, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, रजिष्ट्रार कार्यालय लायत नियमनकारी निकायमा आवश्यक कार्य गर्न कम्पनी संचालक समितिलाई अख्तियारी प्रदान गर्नुको साथै कम्पनीको पुँजी वृद्धि गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

कम्पनीका अध्यक्ष सुवेदीको कम्पनीको वर्तमान अवस्थाको बारेमा सेयरधनीहरुलाई प्रष्ट पारेका थिए भने संचालक नारायण बाबु अधिकारीले कम्पनीको वित्तिय अवस्थाको जानकारी दिएका थिए ।
कम्पनी सचिव अनिल पौडेलले संचालन गरेको साधारण सभामा सेयरधनीको उल्लेखनिय उपस्थिति रहेको थियो

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*