बैंक वित्तीय संस्थाविरुद्ध हुने गतिविधि, आन्दोलन र अभिव्यक्तिविरुद्ध उजुरी–जाहेरी दर्ता गर्न परिसंघको निर्देशन

१७ बैशाख २०८०, आईतवार ०९:५६

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुका विरुद्धमा भइरहेका गतिविधि, आन्दोलन, धर्ना तथा अभिव्यक्तिका विरुद्धमा उजुरी–जाहेरी दर्ता गरी कानुनी उपचार खोज्न आफ्ना सबै सदस्यहरुलाई निर्देशन दिएको छ ।

बैंक तथा वित्तीय संस्था परिसंंघ नेपाल (सिविफिन) ले आज सार्वजनिक सञ्चार माध्यममार्फत सूचना प्रकाशित गरी अब उप्रान्त कुनै पनि बैंक तथा वित्तीय संस्थाका विरुद्धमा लागेका जोसुकैमाथि कारवाही गरिने चेतावनी दिएको छ । बैंक तथा वित्तीय संस्था परिसंघले बैंक तथा वित्तीय संस्था विरुद्ध गतिविधि गर्नेहरुमाथि कारवाही गर्न र बैंक तथा वित्तीय संस्थाको हित संरक्षण गर्न एकताबद्ध हुन आह्वान गरेको छ ।

सिविफिनले आज प्रकाशन गरेको सूचनामा बैंक तथा वित्तीय संस्थाको साख, गरिमा, विश्वसनीयता वा सम्पत्तिमा हानी नोक्सानी पुर्याउने, बैंकिङ व्यवसायमा अबरोध सिर्जना गर्ने, बैंक तथा वित्तीय संस्थाहरुका विषयमा भ्रम सिर्जना गर्ने (अभिव्यक्तिमार्फत), बैंकबाट लिएको साँवा ब्याज नतिर्न दुरुत्साहन गर्ने लगायतका कुनै पनि कार्यहरु कोही कसैबाट भएको खण्डमा प्रचलित कानुन बमोजिम हदैसम्मको कारवाहीको लागि सम्बन्धित निकायमा उजुरी–जाहेरी दर्ता गर्न सबै बैंक, शाखा कार्यालय र तिनका कर्मचारीलाई निर्देशन दिइएको छ ।

 

 

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*