हिमाल दोलखा हाइड्रोपावरले हकप्रद शेयर निष्काशनको लागि तोक्यो बुकक्लोजको मिति
१७ बैशाख २०८०, आईतवार १०:०९

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीलाई कायम चुक्तापुँजीको ७५ प्रतिशत अर्थात १ः०.७५ अनुपातमा हकप्रद निष्काशन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)ले स्वीकृति दिएको हो ।
कम्पनीले १ करोड २० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्न अनुमति प्राप्त गरेको हो । कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ वैशाख २७ गते एकदिनका लागि बुकल्लोजको मिति तोकेको छ ।
यसर्थ वैशाख २६ गतेसम्म नेप्सेमा कायम रहेका शेयरधनीहरुले मात्रै कम्पनीको हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् ।












