शिव श्री हाइड्रोपावरले बैंकको ऋण तिर्न शतप्रतिशत हकप्रद जारी गर्ने

१७ बैशाख २०८०, आईतवार ११:३३

काठमाडौं । शिवश्री हाइड्रोपावर लिमिटेड शतप्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीको वैशाख १४ गते बसेको संचालक समितिको बैठकले कायम चुक्तापुँजीको १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो ।

कम्पनीको संचालक समितिको बैठकको निर्णयअनुसार बैंक ऋण भुक्तानी गर्नका लागि हाल कायम रहेको चुक्तापुँजीको १ बराबर १ को अनुपातमा (१ः१) रेसियोमा हकप्रद शेयर निष्काशन गर्ने तथा विद्युत नियमन आयोगबाट सहमति लिई स्वीकृतिका लागि आगामी साधारण सभामा पेश गर्ने निर्णय भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*