कामना सेवा विकास बैंकको ३० हजार कित्ता शेयर बिक्रीमा
१७ बैशाख २०८०, आईतवार ११:४५

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । बैंकका संस्थापक शेयरधनी सुनिता कुमारी गैरेले आफ्नो नाममा रहोको ३० हजार कित्ता शेयर बिक्रीका लागि कम्पनीसमक्ष निवेदन दिएबमोजिम बैंकले उक्त शेयर बिक्री प्रक्रिया अघि बढाएको हो ।
उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीहरु, अन्य व्यक्ति तथा संस्थाले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय ज्ञानेश्वर काठमाडौं)मा के कति कित्ता लिने हो सबै व्यहोरा खुलाई निवेदन दिन सक्नेछन् ।











